माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा



२९ असार । नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् ।