मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित



२६ असार । वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । श्रेष्ठ हाल कोराना सङ्क्रमणलाई जितेर घरैमा स्वास्थ्यलाभ गरिरहेका छन् ।