भ्रममा नपरौं, १० बुँदे सहमतिको स्वागत गर्न हतार नगरौँः रामकुमारी झाँक्री



२८ असार । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दश बुँदे सहमतिकाबारेमा केन्द्रीय कमिटी बैठक बसेर संस्थागत धारणा सार्वजनिक गर्ने बताएकी छन् ।सोमबार बिहान सामाजिक संजालमार्फत झाँक्रीले यस्तो बताएकी हुन् । उनले दश बुँदे सहमतिकाबारेमा स्वागत गर्न हतार नगर्नसमेत आग्रह गरेकी छन्। उनले लेखेकी छन्,

१) हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे संझौताबारे संस्थागत धारणा आउने छ ।
२) स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयन योग्य हुँदैन । बैठक जाने कुरा हुन्न।
३) अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन । लिने कुरै आउँदैन ।
४) भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनीति हो यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।