फुटबलका प्रमुख प्रशिक्षक अलमुतैरीद्वारा राजिनामाको घोषणा



१० साउन । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न लागेको खुलाएका हुन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्षको कारण आफूले राजिनामा गर्न लागेको उनले बताएका छन् ।