फिल्म निर्देशक शिशिर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ



काठमाडौं, २२ असार । फिल्म निर्देशक एवं निर्माता शिशिर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनलाई बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो ।

ललितपुरको कुपण्डोलमा बसोबास गर्ने राणालाई यसअघि १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर भएपनि फरार भएको भन्दै पक्राउ गरिएको व्यूरोद्धारा जारी वक्तव्यमा उल्लेख छ ।


राणा चेक बाउन्स गरेको आरोपमा उनी पक्राउ परेका हुन् । २०७६ सालमा उनले घरव्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्न ऋण लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिहरुलाई रकम नभएको भन्ने जानी जानी झुक्याएर नविल बैंकको चेक दिएको कसुरमा उनी दाेषी ठहर भएकाे व्यूराेले जनाएकाे छ ।