पाकिस्तानी प्रधानमन्त्रीले दिए प्रधानमन्त्री देउवालाई बधाई



४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकाेमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री खानले सोमबार ट्वीटरमार्फत नेपालसँगको हार्दिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेकाे र साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरेका छन् ।