नेपालमा थप ३३६५ जना सङ्क्रमित, १३७३ सङ्क्रमणमुक्त



१४ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार ३६५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल १४ हजार २४२ जनामा काराेना परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ३७३ जना काराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा काराेना सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख ५० हजार ४४५ पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप १६ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ८०७ पुगेकाे छ ।