नेपालमा थप ३११४ जना सङ्क्रमित, २१९७ सङ्क्रमणमुक्त



९ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल १४ हजार ९१० जनामा परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा थप २ हजार १९७ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख ४१ हजार ५६५ पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप १६ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ६९५ पुगेकाे छ ।