नेपालमा थप २९०५ जना सङ्क्रमित, १६०६ सङ्क्रमणमुक्त



३० असार । गत २४ घण्टामा नेपालमा थप २ हजार ९०५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल १३ हजार ०२४ जनामा परीक्षण गर्दा साे संख्यामा काेराेना सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १६०६ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख २४ हजार ७११ पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप १८ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ४३० पुगेकाे छ ।