नेपालमा थप २६२२ सङ्क्रमित, २२११ काेराेना सङ्क्रमणमुक्त



२१ असार । नेपालमा गत २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

साेही अवधिमा २ हजार २११ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् याे संगै काेराेनामुक्त हुनेकाे कुल संख्या ६११४२९ पुगेकाे छ ।


पछिल्लाे २४ घण्टामा २३ जनाकाे काेराेना सङ्क्रमणका कारण मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या ९ हजार २४८ पुगेकाे छ ।