नेपालमा थप २२३७ जना सङ्क्रमित, २०५० जना सङ्क्रमणमुक्त



१० साउन । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ सङ्क्रमित थपिएका छन् भने २ हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १० हजार ५६९ लाई पिसीआर र ३ हजार २६५ को एन्टिजिन विधिबाट गरी जम्मा १३ हजार ८३४ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नै १८ को कोभिडका कारण मृत्यु भएको छ ।

हाल मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रूपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी रहेका छन् । छम्बीस जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा बढी रहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा पाँच हजार ६१६, ललितपुर १ हजार ८९ र भक्तपुरमा ९१० सक्रिय सङ्क्रमित रहेका छन् ।


हालसम्म देशभरमा गरी ३५ लाख ३९ हजार ८३ जनाको पिसीआर र २ लाख ८९ हजार ७२९ को एन्टिजेन विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पिसीआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ ६ लाख ८० हजार ५५६ देखिएका छन् । हालसम्म सङ्क्रमितमध्ये छ लाख ४३ हजार ६१५ लाई निको भएको छ । सङ्क्रमितमध्ये निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

हालसम्म ९ हजार ७१३ को मृत्यु भएको छ । कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ३३ लाख ८३ हजार ३८ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको सङ्ख्या १३ लाख ९८ हजार १७८ रहेको छ । सङ्क्रमितमध्ये पुरुष ६० दशमलव ३३ प्रतिशत र महिला ३९ दशमलव ६७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।