नेपालमा थप १८३१ जना सङ्क्रमित, १५३३ सङ्क्रमणमुक्त



२७ असार । गत २४ घण्टामा नेपालमा थप १हजार ८३१ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल ९ हजार २१८ जनामा काेराेना परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ५३३ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ। याे संगै सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख १९ हजार ८९४ पुगेकाे छ । नेपालमा काेराेना सङ्क्रमित हुने दर ९४.६ प्रतिशत रहेकाे छ ।


यस्तै पछिल्लाे २४ घण्टामा थप २० जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । याे संगै काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ३८२ पुगेकाे छ ।