नेपालमा थप १६०३ सङ्क्रमित, २५५२ जना सङ्क्रमणमुक्त



२० असार । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६०३ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिइकाे छ ।

साे अवधिमा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार दुबै विधिबाट  ८ हजार १३२ जनाको परीक्षण हुँदा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२  र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको छ । 


यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। याे संगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६०९२१८ पुगेकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । याे संगै काेराेनाका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार २२५ पुगेकाे छ ।