निषेधाज्ञा ३१ गतेसम्म थप: उपत्यकामा जोरविजोर प्रणाली हट्यो, माइक्रो बस र टेम्पो चल्ने



काठमाडौं, असार २०। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायातमा जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गरेकाे हाे ।

यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो चलन पाउने छन् ।


यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ पछि सकिँदैछ ।उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

हेर्नुहोस् काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश: