नियुक्ति सच्चियो, धारा ७६ (५) अनुसार नै देउवाले लिए प्रधानमन्त्रीको शपथ



२९ असार । प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएपछि त्यसमा आपत्ति जनाएका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीलतनिवासमा सपथ खुवाएकी हुन् । पत्रको भाषाबारे विवाद भएपछि शपथग्रहण कार्यक्रम दुई घण्टा धकेलिएको थियो ।

​नवनियुक्त प्रधानमन्त्री देउवालाई संविधानको धारा ७६ (५) अनुसार शपथ खुवाउने सहमति पछि देउवाले शपथ लिएका हुन् । शपथ ग्रहण सुमारोहमा ‘सम्माननीय राष्ट्रपति वद्यादेवी भण्डारीले सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम साथै नेपालको संविधानको धारा ७६(५) अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा आज मिति २०७८ असार २९ गते नियुक्त गर्नु भएको छ,’ भन्ने भाषा प्रयोग गरिएको थियो ।