देउवालाई विश्वासको मत दिने सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण

sf7df8f}F, $ ;fpg M g]skf Pdfn]sf] s]G›Lo sld6L a}7s nlntk'/sf] Rof;n l:ylt t'N;Lnfn :d[lt k|lti7fgdf ;f]daf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf] s]G›Lo sld6Lsf] a}7sdf cWoIf s]kL zdf{ cf]nLnufot ;xefuL . tl:a/ M rG›snf If]qL÷/f;;


४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा स्पष्टीकरण सोध्ने निर्णय गरीएकाे हाे ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनाले विश्वासको मत दिएका छन् । आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका थिए। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका थिए भने  नेपालनिकट १० सांसद तटस्थ बसेका थिए।