दुई फरार प्रतिवादी पक्राउ



तनहुँ, २५ असार। जिल्ला प्रहरी कार्यालयले चोरी र लागुऔषध मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ । चोरी गरेको आरोप प्रमाणित भई फरार रहेका व्यास नगरपालिका–११ फराकचौर निवासी २३ वर्षीय विकास नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको विसं २०७७ मङ्सिर ३० गतेको फैसलाले विकासलाई नौ महिना ६ दिन कैद, रु दुई हजार जरिवाना र रु ६०० क्षतिपूर्ति तोकेको थियो ।

त्यसैगरी लागुऔषध मुद्दामा फरार हुँदै आएकी व्यास नगरपालिका–३ निवासी २१ वर्षीय सिम्रन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ अदालतको विसं २०७७ मङ्सिर ३० गतेको फैसलाले एक महिना तीन दिन कैद, रु दुई हजार जरिवाना र रु २०० क्षतिपूर्ति सजाय तोकेपछि निज फरार हुँदै आएकी थिइन् । पक्राउ परेका दुवैलाई कानूनी कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।