दाङको बबइ गाउँपालिकामा ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम



२६ असार । पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ । सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिएका छन् ।

“स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मुल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउछन् । भत्तारकम दुई हजार हुनेछ । सो कार्यक्रमलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।