तीव्र विरोधपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य



३० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेलमा समान प्रतिलिटर २/२ रुपैयाँका दरले बढाएको थियो भने, खाना पकाउने एलपी ग्यासको मूल्य समेत अधिकतम प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको थियो ।

सोही मूल्य वृद्धिको विरुद्धमा ५ विद्यार्थी सङ्गठनले विरोधसहित निगममा ज्ञापन पत्र बुझाएसँगै निगमले मूल्य घटाएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं इन्धनको मूल्यवृद्धि विरुद्ध केही दिनयता आन्दोलन गर्दै आएका थिए । बुधबार आन्दोलनका क्रममा विद्यार्थी संगठनले पेट्रोल पम्प नै बन्द गराएका थिए । 


निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।