जिमन्याष्टिकको पूर्वाधार निर्माणका लागि सम्झौता



जिमन्याष्टिक खेलको कभर्डहललगायत पूर्वाधार निर्माण गर्न भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आज नगरपालिका र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र नेपाल जिमन्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले हस्ताक्षर गरेका छन् ।


मध्यपुरथिमि– ९ स्थित लुखापाटीमा तीन रोपनी नौ आना जग्गामा सो पूर्वाधार निर्माण गरिनेछ । जग्गा नगरपालिकाले राखेपलाई ५० वर्षका लागि भाडामा उपलब्ध गराएको हो ।