कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो



२४ असार । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन ।

विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन्:

देशसङ्क्रमितको कूल संख्या                                              मृत्यु
संयुक्त राज्य अमेरिकातीन करोड ३७ लाख ७० हजार ४४४ छ लाख ६ हजार २१८
भारत६ लाख ६३ हजार ६६५चार लाख ४ हजार २११
ब्राजिलएक करोड ८९ लाख ९ हजार ३७पाँच लाख २८ हजार ५४०
फ्रान्स५८ लाख ५६ हजार ६८२एक लाख ११ हजार ४४८
रुस५६ लाख १४ हजार ५४०एक लाख ३७ हजार ७१८
टर्की५४ लाख ५९ हजार ९२३५० हजार ४८  
बेलायत५० लाख ७ हजार ९६४एक लाख २८ हजार ५६५  
अर्जेन्टिना४५ लाख  ९३  हजार ७६३९७ हजार ४३९
कोलोम्बिया४४ लाख २६ हजार ८११एक लाख १० हजार ५७८
इटाली४२ लाख ६५ हजार ७१४एक लाख २७ हजार ७१८
स्पेन३८ लाख ९७ हजार ९९६८० हजार ९६९
जर्मनी३७ लाख ४० हजार ५६७९१ हजार १४८
इरान३३ लाख ४ हजार १३५८५ हजार २६१
पोल्याण्ड२८ लाख ८० हजार ५०३७५ हजार ११४
मेक्सिको२५ लाख ५८ हजार ३६९दुई लाख ३४ हजार १९२
इन्डोनेसिया२३ लाख ७९ हजार ३९७६२ हजार ९०८
युक्रेन२३  लाख ७ हजार ६८५४ हजार ८६०
दक्षिण अफ्रिका२१ लाख १२ हजार ३३६६३ हजार ३९
पेरु२० लाख ७१ हजार ६३७एक लाख ९३ हजार ७४३
नेदरल्याण्ड१७ लाख २४ हजार २६२  १८ हजार ४४