आयोगद्वारा निर्वाचन कार्यतालिका स्‍वीकृत



काठमाडौं : निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरमा दुई चरणमा हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको कार्य तालिका स्‍वीकृत गरेको छ । विपक्षी दलहरूले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग राखेर सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ जारी भए पनि आयोगले भने सरकारको निर्देशन अनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

पहिलो चरणको मनोनयन दर्ता असोज २० गते र मतदान कात्तिक २६ गते ।

दोस्रो चरणको उमेद्वार मनोनयन दर्ता असोज ३१ गते र मतदान मंसीर ३ गते । यसैगरी दोस्रो चरणको उमेदुवारको सूचि प्रकासित कात्तिक १ गते ५ देखि ६ वजे । उमेदुवार विरुद्ध उजुरी दिने कात्तिक २ गते १० देखि ५ बवजेसम्म । उमेदवारी छानविन गरी सूचि प्रकासित कात्तिक ३ र ४ गते १० देखि ५ वजेसम्म ।
उमेद्वारीको नामावली प्रकाशन ४ गते ५ वजे । उमेद्वारी फिर्ता लिने कात्तिक ५ गते १० देखि १ वजेसम्म । उमेदुवारको अन्तिम नामावली प्रकाशन कात्तिक ४ गते १ देखि २ वजे । निर्वाचन चिन्ह प्रदान कात्तिक ५ गते २ देखि ५ वजे । मतदान मंसीर ३ गते ७ देखि ५ वजे ।