अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित



२७ असार । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।स्वाब परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् । सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन् ।

उनले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गर्नु भएको उनको सचिवालयले जानकारी दिएको छ । घर भित्र छुट्टै बसेपनि उनले कतिपय काम भने गरेकाे सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनलाई सङ्क्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ ।


उनलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ । बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्जेरियामा पछिल्ला केही दिन देखि कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बृद्धि भएको छ । अहिले दैनिक झण्डै दुई सय जनाको दरले सङ्क्रमितहरुको सङ्ख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।