![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
१४ साउन । अनाधिकृतरुपमा शेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ । साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि मन्त्रालयले आज स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन भनिएको छ । मन्त्रालयले आजै नेपाल धितोपत्र बोर्डलाई पनि सोही बेहोराको पत्र लेख्दै स्पष्टीकरण सोधेको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)