नेपालमा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ४०१७ संक्रमणमुक्त



गत २४ घण्टामा नेपालमा थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार १० हजार ९८५ जनाको परीक्षण गरिएकोमा २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।


७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

साे अवधिमा ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्। याे संगै हालसम्म संक्रमणमुक्त हुनेकाे कुल संख्या ६००१४९ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा नेपालमा ३३ जनाको काेराेना संक्रमणका कारण मृत्यु भएको छ ।याे संगै हालसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे कुल संख्या ९ हजार १४५ पुगेकाे छ।