उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी



३१ असार । विहीबार दिउँसो १ बजे उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूकाे बैठक बस्दै छ । काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सिडिओ  प्रेमप्रसाद भट्टराईबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

थप खुकुलाे गर्दै साउन १५ गतेसम्म निषेधाज्ञा थप्ने तयारी भइरहेको बुझिएकाे छ । यस्तै लामाे दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताएका छन् । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणालीको नियम हटाइएको थियाे ।


काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियाे । पछिल्लाे पटक थपिएकाे निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ ।