२४ घण्टामा २ हजार ४२१ संक्रमित थपिए, ३ हजार ५५८ जना डिस्चार्ज



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१० जना गरी २ हजार ४२१ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ३ हजार ५५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३४६ जना, भक्तपुरमा ५७ जना र ललितपुरमा ९४ जना कोरोना संक्रमित थपिएका हुन् ।