जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाको पद खारेज

kf6L{sf] lgb]{zgljkl/t gof“ ;/sf/ u7gsf] u7aGwgdf x:tfIf/ gu/]sf /fli6«o hgdf]rf{sf ;f+;b s[i0f yfkf . tl:a/ nfnk|;fb zdf{÷sflGtk'/


काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो ।

अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकी प्रदेशसभा सचिवालय र सभामुखले छुट्टाछुट्टै भ्याकेट निवेदन दर्ता गराएका थिए । निवेदनमा सुनुवाइ गर्दै इजलासले निवेदकको माग बमोजिम यसअघिको अन्तरिम आदेश खारेज गरेको हो ।


न्यायाधीश कुमार चुडालको एकल इजलासले जेठ २२ गते थापामाथि भएको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेश खारेज भएसँगै थापाको सांसद पद गएको छ ।