२ हजार ७ सय ६८ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु




नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ।
यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ।
यस्तै गत चौबीस घन्टामा ४ हजार २० जना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर ५९ हजार ६२४ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ७ हजार ५ सय ६९ पीसीआर तथा ५ हजार ४ सय ६८ एन्टिजेन परीक्षण भएको छ।

काठमाडौँ उपत्यकामा थपिए ५०८ नयाँ संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँका ३९४, ललितपुरका ६० तथा भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो।