२ हजार ४०१ कोरोना संक्रमित थपिए, ४१ जनाको मृत्यु

काठमाडौँ– नेपालमा शनिबार थप २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणका क्रममा १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएका छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । यसैगरी, थप ३ हजार ६६० संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ५३ हजार ३४२ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५७ हजार ६१८ सक्रिय संक्रमित आइसोलेशन र ४४१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा पीसीआर र १ लाख ३८ हजार ३१३ एन्टिजेन परीक्षण गरिएको छ ।

काठमाडौँ उपत्यकामा संक्रमण दर घट्दो

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर घट्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ जनामा गरी कुल ३३७ जना थपिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।

यस्तै देशभरका जिल्लाहरूमध्ये बागलुङमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । बागलुङमा पछिल्लो २४ घण्टामा २२५ जना संक्रमित थपिएका छन् ।