काठमाण्डाैं, १६ असार । लहराे तान्दा पहराे गर्जन्छ भने जस्तै रूपा सुनारकाे काेठा प्रकरणले जातीय द्वन्दकाे नयाँ संकेत गरेकाे छ । हालै हिरासतमुक्त भएकी घरभेटी सरस्वती प्रधानले वैयत्तिक स्वतन्त्रता हनन् भएकाे दाबी सहित उजुरी गरेपछि याे प्रकरणमा नयाँ ट्वीष्ट अएकाे छ ।
यसै प्रकरणमा प्रधानमन्त्री केपी अाेलीले शिक्षामन्त्री कृष्ण गाेपाल श्रेष्ठलाइ सचेत गराएका थिए भने वुधवार बसेकाे एमाले केन्द्रीय कमिटी वैठकमा याे प्रकरण ताताे बहसकाे विषय भएकाे थियाे । राजधानीका नेवार समुदायलाइ बिच्क्याउने झिल्काेकाे रूपमा याे प्रकरण सतहमा अाएकाे विकसित घटनाक्रमहरूले देखाएका छन ।
दलित भन्दै कोठा नदिएको आरोपमा ३ दिन हिरासतमा बसेकी घरबेटी सरस्वती प्रधानले रूपा सुनार विरूद्ध उजुरी दिएकी छन् । उनले आफ्नो अनुमति विना फोन रेकर्ड गरि व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको आरोपमा मानवअधिकार आयोगमा उजुरी दिएकी हुन् ।
उजुरीमा सरस्वतीले आपराधिक नियतका साथ रुपाले आवश्यकताविना नै कोठा खोज्न आएर बहानावाजी गरेको दावी समेत गरेकी छन् ।
‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ’, उनले उजुरीमा भनेकी छन् ।
दुईवटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा मिलिसक्दा रुपाले नै जातको कुरा निकालेको सरस्वतीले बताएकी छन् । साथै उनी आफ्नो आमालाई देखाउनुपर्छ भनेर हिँडेको सरस्वतीको भनाइ छ ।
सरस्वतीले रुपासहित उनीसँग आएका दुई साथीहरुलाई पनि कारवाहीको माग गरेकी छन् ।