११ असार, काठमाडौं । सरकारले साउन १ देखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने भएको छ । नयाँ दर्ता हुने र नवीकरण गरिने सवारीलाई यो प्रणाली लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
विभागले नामाकरण भइसकेका प्रदेशहरुमा इम्बोस्ड जडानको तयारी अघि बढाएको हो । अहिलेसम्म बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नामाकरण भइसकेको छ भने प्रदेश १ र २ को नाम टुंगिन बाँकी छ ।
सरकारले इम्बोस्ड प्लेट जडान गर्न तोकेको शुल्क यसप्रकार छ :
सवारी | शुल्क |
दुईपांग्रे सवारी | २५ सय रुपैयाँ |
टेम्पोलगायत तीनपांग्रे साना सवारी | दुई हजार ९ सय रुपैयाँ |
कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रे सवारी | ३२ सय रुपैयाँ |
ठूला सवारी | ३६ सय रुपैयाँ |