संयुक्त राष्ट्रसंघद्वारा म्यानमारलाई हतियार नबेच्न आह्वान



संयुक्त राष्ट्रसंघले म्यानमारलाई हतियार नबेच्न आह्वान गरेको छ । यो वर्ष त्यहाँको सेनाले सत्ता कब्जा गरेपछि राष्ट्रसंघले यस्तो आह्वान गरेको हो ।

राष्ट्रसंघको महासभाले फेब्रुअरीमा त्यहाँको निर्वाचित सरकारलाईअपदस्त गरी सेनाले सत्ता कब्जामा लिएपछि त्यसको भत्र्सना गरी एक रिसलुसन अंगीकार ग¥यो ।


निर्वाचित नेतृ आङ साङ सुकी लगायत हिरासतमा राखिएका राजबन्दीहरूलाई रिह ागर्न र शान्तिपूर्ण प्रदर्शनकारीहरू विरूद्ध हिंसात्मक कारबाही गर्ने काममा रोक लगाउन राष्ट्रसंघको सो आह्वानमा उल्लेख गरिएको छ ।

कानुनी वैधानिकता नभएपनि यो रिसल्युसनको राजनीतिक महत्व हुन्छ ।

म्यानमारका लागि राष्ट्रसंघका विशेषदूत क्रिस्टिन चारनर बर्गनरले ठूलो स्तरमा गृहयुद्धको जोखिम यथार्थ भएको बताएकी छिन् ।

म्यानमारलाई हतियार आपूर्ति गर्ने देशहरूमा रहेका रुस र चीन उसको ठूलो हतियार आपूर्तिकर्ता देश हो ।

रुस र चीनले म्यानमारको समस्यालाई आन्तरिक मामिला भनेको छ । अन्यले भने रोहिङ्गा मुसलमानलाई चार वर्ष अघि लखेटिएका बेला रिसलुसनले सम्बोधन नगरेकोमा आलोचना गरेका छन् ।