शेयरबजारमा पहिरो, यसकारण घटिरहेछ शेयरबजार



काठमाडौं । साताको दोश्रो दिन सोमबार पनि शेयरबजारमा पहिरो गएको छ । धितोपत्र वोर्डले ५१ वटा कम्पनिहरुमा अस्वाभाविक चलखेल भएको भन्दैै ति कम्पनीहरुको कारोबारमा अनुसन्धान गर्ने भन्दै विज्ञप्ती निकाले लगत्तै घट्न थालेको बजार अझै थामिएको छैन । जसले गर्दा लगानीकर्ताको सम्पति दैनिक रुपमा घट्दै गएको छ।

पछिल्लो पाँच दिनमा नै कुल बजार पूँजीकरण साढे २ खर्ब रुपैयाँ भन्दा धेरैले घटिसकेको छ । असार लागे देखि शेयर बजार लगातार घट्दो क्रममा छ। ३ हजार २५ विन्दुमा पुगेको नेप्से सूचक पाँच दिनमा १९१ अंकले घटेर २ हजार ४३४ विन्दुमा पुगेको छ। सोमबार पनि नेप्से सूचक ७१ अंकले घटेको छ।


यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। आज वित्त र जलविद्युत समूह सर्वाधिक ५.२० प्रतिशतले ओरालो लागेका छन्। विकास बैंक समूह ४.६० प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.७८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.५१ प्रतिशत, लगानी समूहमा ०.४९ प्रतिशत, जीवन बीमा समूहमा २.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८१ प्रतिशत, लघुवित्त समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८९ प्रतिशत, अन्य समूहमा २.४० प्रतिशत र व्यापार समूहमा ०.८४ प्रतिशतको गिरावट आएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ। एचआईडीसीएलको ३१ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नागरिक लगानी कोषको २९ करोड ६१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २८ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २४ करोड ८७ लाख रुपैयाँ, निफ्राको २१ करोड ६४ लाख रुपैयाँ, अपी पावरको २० करोड ९८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड ८२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २० करोड ७० लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको २० करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।