मेलम्ची बाढीपहिरो पीडितलाई भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को १० लाख सहयोग



काठमाडौं । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रूपियाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।

सो रकमबाट एभिन्युज टेलिभिजनमार्फत राहत प्रदान गरिनेसमेत भूपाल प्रज्ञापरिषद्ले निर्णय गरेको छ । यस प्रज्ञापरिषद्ले गत वर्ष कोरोना सङ्क्रमणका पीडितका लागि पनि सातै प्रदेशमा खाद्यन्न, स्वास्थ्य सामाग्री र मास्क गरेर ३१ लाख ३० हजार रूपियाँ प्रदान गरेको थियो ।