बाढीकाे वितण्डा : इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगायो



सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछि इन्द्रावती नदीमा आएको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो । 

स्थानीय  गोपाल दुलालको साे घरमा असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको र शनिबार इन्द्रवती नदीको कटानको कारण ढलेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।  


असार १ गतेको बाढीले घरमा क्षति पुर्याएपछि दुलालको परिवार भने अन्तै कोठा लिएर बसेकाेले कुनै मानविय क्षति भने भएको छैन ।