नेपाली कांग्रेसद्वारा थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले सोमबार थप ३३ जिल्लाका ६५ स्थानको नामावली वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।

कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ । कांग्रेसले आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।