नेपालमा थप २८९२ संक्रमित,३५९७ संक्रमणमुक्त



गत २४ घन्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण फेला परेको हो।


मन्त्रालयका अनुसार मुलुकभरमा ७ हजार १८७ वटा पिसीआर परीक्षणबाट १ हजार ८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ३८१ वटा एन्टिजेन परीक्षणबाट १ हजार ००३ जनामा पुष्टि भएको छ।यो सँगै मुलुकभरमा सक्रिय संक्रमित संख्या ३३ हजार ५ सय ६१ पुगेकाे छ।

साे अवधिमा ३ हजार ५९७ जना काेराेना संक्रमणमुक्त भएका छन्। 

यस्तै काेराेना संक्रमणबाट थप ४१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म मृत्यु हुनेकाे संख्या ९ हजार ११२ पुगेकाे छ ।