नेपालमा थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त



गत २४ घण्टामा नेपालमा थप २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो । 


यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६(पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । 

गत २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।