नेपालमा थप २ हजार ४४४ जना संक्रमित, ३ हजार ८५३ सङ्क्रमणमुक्त



२४ घण्टामा देशभर हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् । यसमध्ये काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जना रहेका छन् ।


हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

यस अवधिमा ३ हजार ८५३ जना सङ्क्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर गरी ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ।