धितोपत्र बोर्डद्वारा सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नाम सार्वजनिक(नामसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरेको छ । सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै बोर्डले बैंक, वित्तीय संस्थाहरूसँगै, लगानी, हाइड्रो पावर तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।


सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाएको देखिएको छ ।