थप ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । 
यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।