थप २ हजार ४ सय ७४ जनामा कोरोना सङ्क्रमण, २ हजार ५ सय १८ जना संक्रमणमुक्त



काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७७ जना र चार हजार नौ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९७ जना गरी दुई हजार चार सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमण पुष्टि भएकासहित अहिलेसम्म पीसीआर परीक्षणमा ६ लाख २९ हजार चार सय ३१ जना र एन्टिजेन परीक्षणमा २९ हजार नौ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।


यस्तै पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय १८ जना कोरोना सङ्क्रमणबाट निको हुँदा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ७० हजार नौ सय ५८ जना पुगेको छ । अहिले नेपालमा ४९ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै थप २४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नौ सय १८ पुगेको छ ।