कोभिडको संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउनकाे घोषणा



१२ असार। कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी कडा खालको लकडाउनको घोषणा गरिएको छ । पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको जानकारी गराइएकाे छ ।

लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् । बंगलादेशमा पछिल्लो चौविस घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ ।


यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ ।त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ । अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म मृत्यु हुनेकाे संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।