कारमा आफन्त, सरकारमा आफन्त…



कारमा आफन्त
सरकारमा आफन्त

भन्सारमा आफन्त
धनसारमा आफन्त


भ्रष्टाचारमा आफन्त
अख्तियारमा आफन्त

उपचारमा आफन्त
ठेकेदारमा आफन्त

राहतका हारमा आफन्त
अक्सिजन अहारमा आफन्त

अनुदान–राशिमा आफन्त
सुकुम्बासीमा आफन्त

तक्माले छाती छाउनेमा आफन्त
सजाय माफी पाउनेमा आफन्त

यतिले धीत अझै मरेन मेरो सरकारको
कोरोनाको खोप लाउनेमा आफन्त !!

अर्जुन पराजुली ।