एमाले स्थायी कमिटी बैठक बस्दै



नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा समसामयिक राजनीति, सरकारका विभिन्न निर्णयबारे अदालतका पछिल्ला फैसला, पार्टीभित्रको विवाद र एकताका लागि भइरहेको पहलका विषयमा छलफल हुने उनले जानकारी दिए ।