संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुर्टेरस् पुनः मनोनयन भएका छन् । शुक्रबार गुर्टेरस् ५ वर्षको लागि दोस्रो पटक पुनः चयन भएका हुन् । राष्ट्रसंघको प्रमुख अधिकारीको उक्त पद पाँच वर्ष हुन्छ भने अर्को कार्यकाल पनि चुनिने गरेका छन् ।
सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ वर्षको लागि गरिन्छ । शुक्रबारको महासभाले सुरक्षा परिषदको सिफारिसलाई स्वीकृत गरेर उनलाई दोस्रोपटकको लागि महासचिव चयन गरको हो ।
राष्ट्रसंघ अधिकारपत्रको अनुसार, महासचिवले आफ्नै रोहवारमा आफ्नो सहयोगी दक्ष, योग्य र सत्यपरायण कर्मचारीको अन्तर्राष्ट्रिय समूह बनाउन सक्छन् । गुर्टेरसले १ जनवरी २०१७ देखि महासचिव सम्हाल्दै आएका छन् ।
उनको कार्यकाल ३१ डिसेम्बर २०२२ मा सकिदै थियो । त्यस अगावै उनी दोस्रो कार्यकालको लागि चयन भएका छन् । उनको दोस्रो कार्यकाल भने आगामी जनवरी १ बाट सुरु हुनेछ । दोस्रो कार्यकालका लागि मनोनयन भएपछि गुर्टेरसले ट्विट लेख्दै सबैलाई धन्यवाद दिएका छन् ।