असार १३ देखिआन्तरिक हवाइ उडान : पुरै सिटमा यात्रु राखिने



काठमाडौँ . आन्तरिक हवाइ उडान यही असार १३ गते आइतबारदेखि सुचारु हुने भएको छ । मन्त्रिपरिषद्ले नियमित उडानको तालिका सार्वजनिक गरी उडान गर्न निर्देशन दिएसँगै आइतबारदेखि आन्तरिक उडान सुरु गर्नेगरी तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
नियमित आन्तरिक उडान कसरी गराउने भन्‍ने विषयमा नागरिक उड्डयन प्राधिकरण र स्वास्थ्य मन्त्रालयबीच अझै कुरा मिलेको छैन । पर्यटन मन्त्रालयका नागरिक उड्डयन तथा हवाइ महाशाखाका सह–सचिव बुद्धिसागर लामिछानेका अनुसार स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर पनि उडान प्रक्रिया अगाडि बढाइने छ ।

जहाजको पुरै सिटमा यात्रु राखी उडान गर्न दिने उनले बताए । हवाइ उडानमा ५० प्रतिशत यात्रु राखेर उडान गर्न असम्भव हुने उनको भनाइ छ । पुरा सिटमा यात्रु राखेर उडान भर्न पाउने भएकाले भाडा वृद्धि गर्न नदिने उनले प्रष्ट पारे ।

लामिछानेले नेपालमा कोभिडको जोखिम नघटेकाले पनि जोखिम क्षेत्र हेरेर उडान गर्न सकिने बताए । ुजोखिम कम क्षेत्र भएका ठाउँबाट उडान सुरु हुन्छ,ु उनी भन्छन्,ुपोखरामा भने कोभिडको जोखिम भएकाले त्यहाँ तत्कालै उडान हुन सक्दैन ।

मन्त्रालयले कुन(कुन क्षेत्र कोभिडको उच्च जोखिममा छन् त्यसको जानकारी उपलब्ध गराइदिन आग्रह गरिसकेको छ । स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार त्यस क्षेत्रको उडान अनुमति दिने लामिछानेले बताए ।

निषेधाज्ञा उडान भरिरहेका वायुसेवा कम्पनीलाई ५० प्रतिशत मात्र उडान गर्न दिने लामिछानेले जानकारी दिए । एउटा कम्पनीले गन्तव्य क्षेत्रमा दिनमा एउटा मात्र उडान गर्न पाउने सहमति दिने उनले बताए । वायुसेवा कम्पनीका सञ्चालकसँग उडान गर्नुअघि छलफल गरिने उनले जानकारी दिए ।