राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य विजय खडकाले काेभिड १९ महामारी विच दाेलखा जिल्लामा अग्रिम माेर्चामा खटिएका स्वास्थ्य कर्मी,नेपाली सेना,नेपाल प्रहरी ,नेपाल पत्रकार महासंघ,एफएम,अनलाइन लगायतमा कार्यरतका लागि तथा स्वास्थ्य चाैकिहरूकाे लागि सेनेटाईजर,माक्स लगायतका स्वास्थ्य सामाग्री राप्रपा दाेलखाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मार्फत हस्तान्तरण गरेका छन।
उक्त कार्यक्रमलाई सम्वाेधन गर्दै खडकाले विपत्तिकाे वेलामा राप्रपा सँधै दाेलखा जिल्लावासीकाे साथमा रहेको वताए । उनले विगतमा पनि अक्सिजन हाईड्राेजन मेसिन राप्रपाकाे पहलमा जिल्ला अस्पतालमा हस्तान्तरण गरिएकाे,आगामी दिनमा राप्रपाकै पहलमा अक्सिजन कन्सन्ट्रेटर लगायतका सामानहरू हस्तान्तरण गरिने वताए,विपतकाे वेलामा सहयोग गर्ने प्रवासमा रहनुहुने साथिहरूले आफ्नाे गाँस कटाएर सहयोग गरेकाे सामाग्री समुदायमा पुग्ने र पुर्ण सदुपयोग हुने उनले वताए ।
ग्लोबल चिम्से साेल अर्गनाइजेसनका अध्यक्ष पारस राई,अमेरिकामा रहेका सुवास पाेखरेल,काेरियामा रहेका उद्वब दहाल,छवि ओझा लगायतकाे रू ८५,४४७/- सहयोगमा उक्त सामाग्री हस्तान्तरण गरिएको हाे।उक्त अवसरमा राप्रपा कार्यसम्पादन समितिका सदस्य प्रविणकुमार थाेकरले सवै सहयाेगी मनहरूलाई धन्यवाद व्यक्त गरे। राप्रपा जिल्ला अध्यक्ष राजनवहादुर शिवाकोटी र दाेलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठले उक्त सामाग्री समुदायमा पारदर्शी तरिकाले हस्तान्तरण गरिने वताए।