कोभिड कहर: थप ५१ जनाको मृत्यु, २४ सयमा कोरोना भाइरस सङ्क्रमण



नेपालमा थप २,४४२ जनामा कोरोनाभाइरस सङ्क्रमण र ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा १०,९५६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। तीमध्ये ४,२४९ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।


सो अवधिमा ३,४५६ जना सङ्क्रमणमुक्त भएको पौडेलले आइतवार अपराह्ण जनाएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ४७ हजार नाघेको छ भने मृतकको सङ्ख्या ८,७२६ पुगेको छ।